२१ वर्षीया युवतीलाई बलात्कार गरेकाे आरोपमा सोमबहादुर  पक्राउ

महोत्तरी | जेठ ३०, २०८०

२१ वर्षीया युवतीलाई बलात्कार गरेकाे आरोपमा सोमबहादुर  पक्राउ

महोत्तरी: २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङ रहेका छन् ।

 

उनलाई हिजो (सोमबार) दिउँसो इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
 

थिङमाथि ती महिलालाई बर्दिबास नगरपालिका–१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

 

पक्राउ परेका थिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्